नियम १७
स्वीकृति रद्द गर्ने
(१) कुनै विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको उद्योगले ऐन वा यस नियमावली बमोजिम विदेशी लगानीको लागि स्वीकृति प्रदान गर्दाका बखत विदेशी लगानी स्वीकृत गर्ने निकायले तोकेका शर्त विपरीत कुनै काम गरेको जानकारी वा सूचना कुनै माध्यमबाट विभागमा प्राप्त हुन आएमा महानिर्देशकले सो सम्बन्धमा आवश्यकता अनुसार स्थलगत अध्ययन समेतको आधारमा आवश्यक छानबिन गरी पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्न विभागको कुनै अधिकृतलाई आदेश दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त प्रतिवेदनबाट कुनै विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको उद्योगले विदेशी लगानी स्वीकृतिपत्रमा तोकिएको शर्त विपरीत हुने गरी कुनै काम गरेको पुष्टि हुन आएमा विभागले सम्बन्धित लगानीकर्ता वा उद्योगलाई त्यस्तो काम नगर्न वा नगराउन वा कुनै त्रुटि गरेको भए त्यस्तो त्रुटि सच्याउन आदेश दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम दिएको आदेशको पालना गरे, नगरेको सम्बन्धमा विभागले विदेशी लगानी भएको उद्योगको काम कारबाहीको नियमित रूपमा अनुगमन गर्नु वा गराउनु पर्नेछ।
(४) उपनियम (३) बमोजिम अनुगमन गर्दा वा गराउँदा कुनै विदेशी लगानीकर्ता वा विदेशी लगानी भएको उच्योगले उचित आधार र कारण बिना उपनियम (२) बमोजिमको आदेशको पालना नगरेको पाइएमा महानिर्देशकले त्यस्तो लगानीकर्ता वा उच्चोगको विदेशी लगानीको स्वीकृति रद्द गर्न सक्नेछ।
(५) उपनियम (४) बमोजिम विदेशी लगानीको स्वीकृति रद्द गर्नु अघि सम्बन्धित विदेशी लगानीकर्ता वा उद्योगलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ।
(६) कुनै बिदेशी लगानीकर्ता वा उद्योगले ऐन तथा यस नियमावली बमोजिम प्राप्त स्वीकृतिपत्र अनुसार विदेशी लगानी भित्र्याउन नसकेको भनी त्यस्तो लगानी स्वीकृति रद्द गर्न निवेदन दिएमा विदेशी लगानी स्वीकृत गर्ने निकायले त्यस्तो विदेशी लगानी रद्द गरिदिनु पर्नेछ।
(७) यस नियम बमोजिम विदेशी लगानी स्वीकृत गर्ने निकायले त्यस्तो विदेशी लगानीको स्वीकृति रद्द भएको अभिलेख राखी सोको जानकारी नेपाल राष्ट्र बैङ्क, अध्यागमन विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयलाई समेत दिनु पर्नेछ।